महिलाहरूले दिनहुँ गोलभेडा खाने गरे तिनमा हुने मृगौला क्यान्सरको जोखिम कम हुन सक्छ । पछिल्लो एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । अध्ययन अनुसार, गोलभेडामा लाइकोपिन भन्ने तत्त्व हुन्छ, जसले मृगौला सम्बन्धित क्यान्सरको खतरा घटाउँछ ।

उक्त अध्ययनको प्रतिवेदन 'लाइभ साइन्स' मा प्रकाशित छ । अनुसन्धाताहरू उपर्युक्त निष्कर्षमा पुग्नुअघि रजोनिवृत्ति भएका करिब ९२ हजार महिलामा अध्ययन गरिएको थियो । सहभागी महिलामध्ये ३ सय ८३ जनामा पहिलेदेखि मृगौला क्यान्सरको लक्षण थियो ।

अध्ययनमा भनिएको छ— जुन महिलाको आहारमा लाइकोपिनयुक्त वस्तुको सेवन बढीभन्दा बढी गरे उनीहरूमा मृगौला क्यान्सरको खतरा कम लाइकोपिन सेवन गर्ने महिलाको तुलनामा ४५ प्रतिशतसम्म कम थियो । लाइकोपिन अन्य केही तरकारी र फलमा पनि पाइन्छ । त्यस्ता वस्तु खाने र दिनहुँ चार वटा गोलभेडा खाने महिलामा लाइकोपिनको स्तर उस्तैउस्तै हुन्छ ।

लाइकोपिन एक प्रकारको एन्टिअक्सिडेन्ट हो, जुन मेवा, मौसम, खरबुजामा पनि पाइन्छ । ती फल खान अनुकूल नमिल्ने महिलाहरूले गोलभेडाबाट लाइकोपिनको भर्पाइ गर्न सक्छन् ।